जुनियर फुटबल एकेडेमीको समर क्याम्प सम्पन्न, केही दिनभित्रै ‘इभिनिङ ट्रेनिङ’ सुरु हुने
काठमाडौँ । जुनियरफुटबल एकेडेमी (जेएफए नेपाल)को समर क्याम्प सम्पन्न भएको छ । जेएफएले चार हप्ता अघि बाट बालुवाटारस्थित एक्सेल रिक्रियशनल सेन्टर तथा ललितपुरको सानेपास्थित ललितपुर फाइभ ए साइड इन्डोर फुटबलमा समर क्याम्प चलाएको थियो ।
परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर संचालन गरेको क्याम्पको उदेश्य घरैमा टिभी हेर्ने, मोबाइल चलाएर शरीरलाई ‘फ्रिज’ गराउनुभन्दा शरीरलाई चलायमान बनाएर फुटबलको मज्जालिने भन्ने थियो । दुबै क्याम्पमा गरि करिब ८० जना बालबालिकाको सहभागिता रहेको जेएफएका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रील ेबताए । उनका अनुसार हाल समर क्याम्प सकिएपनि ‘विकइन्ड’ (शनिबार रआइतबार) तथा केही दिन भित्रै ‘इभिनिङ ट्रेनिङ’पनि संचालन हुनेछ ।
जेएफए नेपाल सन् २०१० मा स्थापना भएको फुटबल एकेडेमी हो । जेएफएले विद्यालय शिक्षा हासिल गरिरहेका ५ वर्षदेखि १६ वर्षसम्मका विद्यार्थीहरुलाई फुटबल ट्रेनिङ गराइरहेको छ । साथै, ट्रेनिङमा अब्बल विद्यार्थीहरुलाई थप प्रशिक्षणको लागि अभ्यास भ्रमण अन्तर्गत नेदरल्याण्ड्स, नर्वे, अमेरिका, थाइल्याण्ड, चीन, भारतलगायतका देशहरुमा समेत पठाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार