शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ्ग सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सोमबार, ०९ वैशाख २०७६, ०८ : २६
सोमबार, ०९ वैशाख २०७६

बुटवल – दाङ्गमा गएरती भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते  भएका छन् ।

 गएराती साढे १० बजेको समयमा दाङ्गको लमही नगरपालिका–७ घ्रुस्री स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट  पश्चिम आउँदै गरेको ना ६ ख ९१६७ नम्वरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नम्वरको मोटरसाईकल एकापसमा ठोक्किँदा २० बर्षिय लालु चौधरीको मृत्यु भएको हो ।
 
उनको  गएराती १ बजेर २५ मिनेट जाँदा  लमही  अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गका सुचना अधिकृत डिएसपी विनोद  विक्रम शाहले जानकारी दिए ।

सोही मोटर साईकलको पछाडी बसेर सवार लमही–३ मजागाउँका अन्दाजी १३ बर्षिय प्रकाश घर्ती मगर र १६ बर्षिय आशिष धौधरी गम्भीर घाईते भई थप उपचारका लागि कोहलपुर पठाईएको थियो ।

  घाइतेको अवस्थामा सुधार आउँदै गएको प्रहरी प्रमुख एसपी वेल पाण्डेले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप