शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सोमबार, ०९ वैशाख २०७६, ०८ : २६
सोमबार, ०९ वैशाख २०७६

नवलपरासी - पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

रोकेर राखेको यूपी ६५ बि.पी. ३९११ नंको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृण्ण कहाँर घाइते भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप