शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन बिहे गर्दैनन् सलमान, ५३ वर्षमा खोले यस्तो राज

सोमबार, ०९ वैशाख २०७६, ०८ : २१
सोमबार, ०९ वैशाख २०७६

मुम्बई – बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए । विवाह गर्ने उमेर बितिसके पनि उनको बिहेको चर्चा भने कहिल्यै सकिदैन । 

हरेक वर्ष सुपरहिट फिल्म दिने सलमान बलिउडका सुपरस्टार हुन् । उनीसँग कुनै पनि चीजको कमि छैन तर पनि उनले बिहे नगर्दा धेरैलाई चासो भइरहन्छ र सबैको मनमा उब्जिने प्रश्न नै यही हो कि किन सलमान खान बिहे गर्दैनन् । 

पछिल्लो पटक फिल्म ‘भारत’मा व्यस्त रहेको सलमान खानले फिल्मको प्रमोशनको क्रममा आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलाएका छन् । उनी पारिवारिक जमघटमा धेरै बस्न मन पराउँछन् । जतिपनि समय उनी अरिरिक्त पाउँछन् पारिवारिक जमघटमा जुटिहाल्छन् । 

उनले आफ्नो परिवारबाहेक अन्य व्यक्तिलाई महत्व दिन नसकेको कारण बिहे नगरेको खुलाए । उनले आफ्नो जीवनसाथीलाई सम्मान सँगसँगै समय दिनुपर्ने भएकाले यदि त्यसो गर्न नसकेमा गलत हुने भन्दै बिहे नगरी परिवारसँग नै रमाएको बताए ।

यसैबीच, उनको फिल्म ‘भारत’ को ५ दिनमा ५ नयाँ पोस्टर रिलीज भएको छ । फिल्मको दुईवटा टिजर रिलीज भएको छ । उनको फिल्म ५ जुनमा रिलीज हुने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप