बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’को उपलब्धि सार्वजनिक

सोमबार, ०९ वैशाख २०७६, ०८ : १९
सोमबार, ०९ वैशाख २०७६

सुर्खेत - कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पर्यटन वर्षकाे उपलब्धि सार्वजनिक गरेको हो । 

पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको प्रदेश सरकारले चार लाख ५४ हजार ८ सय ६४ आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक भित्र्याउन सफल भएको उद्योग, पर्यटन, वन तथा वातावरणन्त्री नन्दसिंह बुढाले जानकारी दिए । “पर्यटन आगमन सर्वेक्षण २०७५ अनुसार आन्तरिक पर्यटक चालू आवमा करिब ११ प्रतिशत वृद्धि भएको छ”, उनले भने, “यो आवको वैशाखसम्म बाह्य पर्यटकको सङ्ख्या ३४.२ प्रतिशत वृद्धि भएको पाइएको छ ।” ‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ मूल नारासहित सरकारले विश्वको पर्यटकीय गन्तव्य नेपाल र नेपालको पर्यटकीय गन्तव्य कर्णाली बनाउने आधार स्थापित गरेको उनको भनाइ थियो । 

पर्यटन मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले पर्यटन आगमन सर्वेक्षण २०७५ र अध्यागमन विभागको तथ्याङ्कअनुसार हुम्लामा १७ हजार ४८९ बाह्य र त्यसमा भारतीय पर्यटक भित्रिएको बताए । सबैभन्दा कम सात जना बाह्य पर्यटक जाजरकोटमा आएको सचिव उनले जानकारी दिए । प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा ७८ लाख १६ हजार ९६ खर्च भएको उल्लेख गरिएको छ । सरकारले नीतिगत रुपमा मन्त्रिपरिषदबाट गरेको निर्णयका आधारमा ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा बजेट खर्च भएको पर्यटन मन्त्रालयले दाबी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप