लिभरपुलकाे जितसँगै सिटीलाई दबाब
एजेन्सी - इङ्लिस प्रियिमर लिगको उपाधि भिडन्त रोचक मोडमा पुगेको छ । लिगमा आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई २–० गोलले हरायो । जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको जितले म्यानचेस्टर सिटी दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । एक खेल कम खेलेको सिटीको ८६ अंक छ । ३१ अंक बनाएको कार्डिफले रेलिगेसन छल्न सकेको छैन ।
बलमा पकड जमाएको लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । लिभपुलका लागि जर्जिन्हो विज्नल्डमले ५८ औं मिनेटमा खाता खोले । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेका थिए । त्यस्तै ८१ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । मोहम्मद सलाहको प्रहारलाई रोक्ने क्रममा कार्डिफका मोरिसनले डिबक्सभित्र ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो ।
प्रिमियर लिगकै अर्काे खेलमा चौथो स्थानमा रहेको आर्सनल क्रिस्टल प्यालेससँग ३–२ गोलले पराजित भएको छ । प्रतिस्पर्धात्मक खेलमा क्रिस्टल प्यालेसको जितमा क्रिस्टियन बेन्टेकले १७ औं, विलफ्रिड जाहाले ६१ औं र जेम्स अर्थरले ६९ औं मिनेटमा गोल गरे । आर्सनलका मेसुट ओजिलले ४७ औं र पिर्रे इमरिक अउबामियाङले ७७ औं मिनेटमा गोल गरेका थिए ।
यसहारसँगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथोँ स्थानमा रहेको आर्सनलको ६६ अंक रहेको छ । ६७ अंकसहित टोट्टहाम तेस्रो स्थानमा छ । ४२ अंक बनाएको क्रिस्टल प्यालेस १२औं स्थानमा छ । अर्को खेलमा एभर्टनले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस