बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहमा छुवाछुत र भेदभावः अगुवाले दक्षिणा दिए, भोज खाएनन्

सोमबार, ०९ वैशाख २०७६, ०७ : ३४
सोमबार, ०९ वैशाख २०७६

रुपन्देही – जातीय छुवाछुतलाई फौजदारी अपराध मानेर मुद्दा चलाइने कारबाही चलाइने कानुनी प्रावधान भए पनि कानुनको उल्लंघन गर्दै समाजमा जातीय छुवाछुतका घटना दोहोरिरहेका छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ– रुपन्देही, शुद्धोदन गाउँपालिका–४ फर्साटिकरकी २२ वर्षीया आरती विकको विवाह समारोहमा उपस्थित कथित उपल्लो जाति भनिएकाहरुाट प्रदर्शित व्यवहार ।

बैशाख ५ मा भएको सो विवाह समारोहमा सहभागी हुन आएका राजनीतिक दलका कार्यकर्ता तथा टोल विकास समितिका अगुवाहरु भोज नखाई फर्केका छन् । विवाहमा बेहुला–बेहुलीलाई आशिर्वाद दिन आएका गैरदलित भनिने समुदायका छिमेकीहरु भोजमा सहभागी नभएपछि विक परिवारले उनीहरुबाट दक्षिणा फिर्ता गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा विनोद परियारले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप