आइपीएल क्रिकेट : धोनीकाे टिम १ रनले पराजित
एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष टोली चेन्नई सुपर किंग्सलाई १ रनले हराएको छ । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा आइतबार राति भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको एक ६२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेका थिए । अम्बाती रायडुले २९, रविन्द्र जडेजाले ११ रन बनाए । बलिङमा बैंगलोरका डेल स्टेन र उमेश यादवले दुई-दुई विकेट लिए । सन्दीप सैनी र युजवेन्द्र चाहलले एक-एक विकेट झारेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धाीरत २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।
बलिङमा चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले दुई-दुई विकेट लिए । इमरान ताहिरले एक विकेट लिएका थिए । हारे पनि चेन्नई शीर्ष स्थानमा यथावत छ । चेन्नईले १० खेलबाट १४ अंक बनाएको छ । लिगको पुछारमा रहेको बैंगलोरले १० खेलबाट ६ अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला
-
युक्रेनलाई थप राहत प्याकेज दिँदै अमेरिका
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर