सरकारसँग गरेको सम्झौता ठूलो विजय हो : सिके राउत
राँझा । नवगठित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशलाई अधिकारसम्पन्न बनाउन पार्टी गठन गरेको बताएका छन् ।
बाँकेको जानकी गाउँपालिका– ६ गनापुरस्थित कपासीमा आयोजित आमसभामा डा. राउतले भने, ‘सरकारसँग सम्झौतापश्चात मूलधारको राजनीतिमा आएपछि धेरैको पसल बन्द हुने अवस्था आएकाले मधेशमा राजनीतिको दोकान खोलेका मधेशवादी दलले सरकारसँग झुकेर सम्झौता गरेको भ्रम फैलाउने दुष्प्रयास गरिरहेका छन् । सरकारसँग गरेको सम्झौता ठूलो विजय हो ।’
सरकारसँग गरेको सम्झौतामाथि प्रश्न उठाउने हैसियत कुनै मधेशवादी दलका नेतामा नभएको उनको भनाइ थियो ।
उनले युवालाई रोजगार दिएर मधेशलाई आत्मनिर्भर बनाउनतर्फ आफू अग्रसर भएको बताए ।
अध्यक्ष राउतले आजै हजरत सैयद शाह बाबा मेलाको उद्घाटनसमेत गरे । उक्त मेला तीन दिनसम्म चल्ने मेला व्यवस्थापन समितिका अध्यक्ष बालकराम चौहानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी