बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्षको निधनका कारण राजपाको बैठक स्थगित

आइतबार, ०८ वैशाख २०७६, १९ : ०२
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैठकमा चारवटा एजेण्डा प्रस्तुत भएको छ ।  महधिवेशनको मिति र तयारी, समसामयीक राजनीतिक परिस्थि, स्थानीय तह र प्रदेश सरकारको काम कारवाही र पार्टी एकीकरण गरी चारवटा एजेण्डा प्रस्तुत भएको छ ।

 पार्टी कार्यालय बबरमहलमा आजदेखि शुरु भएको पदाधिकारी समितिको बैठकमा पार्टी अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एजेण्डा प्रस्तुत गरेको पार्टीका प्रवक्ता एवं महासचिव केशव झाले बताए । 

महोत्तरी पिपरा गाउँपालिकाको अध्यक्ष विनोद चौधरीको निधन भएको कारण बैठकमा एजेण्डा मात्र प्रस्तुत गरि स्थगित गरिएको उनले जानकारी दिए । चौधरी राजपा नेपालका नेता थिए । बैठक सोमवार पुनः बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप