सकियो दोस्रो चन्द्रागिरी महोत्सव
काठमाडौं– दोस्रो चन्द्रागिरी महोत्सव शनिबारबाट सकिएको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको प्रचार–प्रसार गर्न र चन्द्रागिरीमा कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको पहिचान बढाउने उद्देश्यले आयोजित महोत्सव ९ दिनसम्म चलेको थियो ।
चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं,’ भन्ने मूल नाराका चन्द्रागिरी नगरपालिका वडा नं १२ गुर्जुधारामा २९ चैत्रबाट सुरु भएको महोत्सवको उद्घाटन खानेपानी मन्त्री विना मगरले गरेकी थिइन् । समापनमा भने प्रतिनिधिसभा सदस्य अन्जना विशंखेले गरेकी थिइन् ।
महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलन लगायतका ७० बढी कक्ष राखिएको थियो । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
चन्द्रागिरी नगरपालिका र देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा रहेको महोत्सवमा समापनमा प्रदेशसभा सदस्य बेलीमाया घले , जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज बैद्य चन्द्रागरी हिल्स का महाप्रबन्धक अभिषेकविक्रम शाह, महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा प्रहरी निरीक्षक,चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायत अन्य वडाका वडा अध्यक्षहरु वडा सदस्य विभिन्न् राजनीतिक दलका प्रतिनिधि, नेपाल आइडलका प्रताप दास लगायत स्थानीय कलाकार र स्थानीय बासीको बाक्लो उपस्थिति रहेको थियो ।
चन्द्रगिरीका नगर प्रमुख घनश्याम गिरीले पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सब सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै आगामी दिनमा चन्द्रागिरीलाइ चिनाउने महोत्सव लगायतका बिभिन्न कार्यक्रमहरुलाई थप परिस्कृत र परिमार्जन सहित गर्दै जाने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य अन्जना बिशंखेले महोत्सव सफलतापूर्वक सम्पन्न गराउन आहोरात्र खटिने आयोजकलाइ धन्यवाद दिएकी थिइन् । उनले आफु पनि महोत्सवमा रमाउन आएको बताउँदै आजको दिनसम्म आइपुग्दा बिगतको बारेमा स्मरण गर्नुपर्ने बताइन् ।
महोत्सवमा व्यतिmत्व विकास, नेतृत्व विकास र आफुभित्रको कलालाई प्रस्फुटन गर्ने उदेश्यसहित मिस एण्ड मेस्टर एण्ड किड्स चन्द्रागिरीको समेत आयोजना गरिएको थियो । जसमा बेस्ट मोडल आकृति कुँवर हुन सफल भइ्न् ।
त्यसैगरि महोत्सब्कै अवसरमा आयोजित चन्द्रागिरी डान्स आइडलमा अस्मिता लामाले पाँचौ स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यसै गरि चन्द्रागिरि डान्स आइडल को उपाधि प्रेक्षा शाहले हात पारिन् ।
कार्यक्रममा लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहि समाजिक रुपान्तरणको साथै देशको आर्थिक ,सामाजिक र सांस्कृतिक समुन्नतिमा योगदान पुयाएवापत पत्रकारहरु गौरब पोखरेल, विष्णु नेपाल, अच्युत रेग्मी, रविन्द्र पौडेल, कुवेर गिरीलाई लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका संयोजक रामनारायण घिमिरेले महोत्सव अवधिभर दुई करोड २५ लाख कारोबारका साथै ६० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए । कार्यक्रमका सह संयोजक देवेन्द्र प्रदानले धर्म, संस्कृति र परम्परालाई जिवित राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र चन्द्रगिरीको संस्कृतिलाई उजागर गर्न यो महोत्सव निकै फददायी भएको बताए ।
प्रचार प्रसार संयोजक रोशन दानीले चन्द्रगिरीको सम्रग विकास, सामाजिक रुपान्तरण र आर्थिक समृद्धि दिगो विकासको लक्ष्यलाई पूर्णता दिन र चन्द्रगिरीको सुनौलो भविष्य निमार्ण गर्दे नेपालकै नमुना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दे, यहाँको सांस्कृतिक ऐतिहासिक र भौगौलिक बातावरणको सदुपयोग गर्दे समृद्ध समाज निमार्णमा अघि वढ््ने बताए ।
कार्यक्रममा स्थानीय कलाकारको साथमा नेपाल आइडलका प्रताप दास ,रवि रिमाल, धिरज राई, ज्योती मगर, एस कुमार, द कमल खत्री लगायतका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा समेत बिचौलियाको बिगबिगी
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र