जनकपुरमा महिलामाथि मध्यरातमा दुर्व्यवहार, ८ जना पक्राउ
आइतबार, ०८ वैशाख २०७६, १८ : ३०
जनकपुर– जनकपुरमा गाउँलेहरुको एक समुहले दलित महिलामाथि दुर्व्यवहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहना बस्ने ३५ वर्षीया मुसहर परिवारकी एक महिलालाई गाउँलेहरुले शनिबार राती दुर्व्यवहार तथा कुटपिट गर्दै कपाल खौरिदिएका हुन् ।
महिलालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ८ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रन्जित सादा र १९ वर्षीय सन्तोष सदा रहेका छन्। पक्राउ पर्नेहरु सबै लोहनाकै हुन् ।
प्रहरी उपरीक्षक शेखर खनालले पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गराइ अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ