केन्द्रीय संस्करण

रेश्मा बनिन् नयाँ मिस नेपाल पिस

person explore access_timeबैशाख ८, २०७६ chat_bubble_outline0

काठमाडौंं– काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया रेश्मा प्रसाईंले छैठौ संस्करणको स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स)को उपाधि विजेता बनेकी छन् । प्रसाइ ओम हेल्थ कलेज चाबहिलकी बिएससी नसिङको पास आउट बिद्यार्थी प्रसाई ब्युटी विथ ब्रेनको उपाधि सहित शीर्ष बिजेता चुनिएकी हुन् । २४ प्रतिस्पर्धीपछि पार्दै उपाधि चुमेकी प्रसाईले नगद रु ५० हजारसहित विभिन्न उपहारसमेत हात पारिन् ।

शनिबार अबेर साँझ सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजाको रोज गार्डेन हलको भव्य स्टेज सेटअपमा आयोजित प्रतियोगितामा ट्यालेन्ट उपाधिसहित रोशनी शाही फस्ट रनर अप र फोटोजेनिक उपाधिसहित आकृति मानन्धर सेकेन्ड रनर अप चुनिए । दुबैले क्रमसः नगद ३० हजार र २० हजारसहित विभिन्न गिफ्ट समेत हात पारेका छन् ।

प्रतियोगितामा श्रेया श्रेष्ठ पर्सनालिटी, आस्था हमाल मोस्ट चार्मिङ, अदिति डि.सी. बेष्ट वाक, प्रिति सुनामा वेष्ट नर्सिङ थिम डे«स, सन्ध्या ओझा मोस्ट डिसिप्लेन, अनिता बस्नेत पब्लिक च्वाइस, नबिना महर्जन सोसियल्ली रेस्पोन्सीबल तथा सरगम गुरुङ मोस्ट पपुलर विधाका विजेता चुनिए ।

नर्सिङ पेशामा संलग्न नर्सहरुको व्यवसायिक जीवनलाई समाज सामू साक्षात्कार गराएर उनीहरुको व्यक्तित्व, प्रतिभा र रुचिलाई फरक प्लेटफर्म दिँदै स्वास्थ्य सचेतनाको आवश्यकतालाई एउटा भिन्न प्रस्तुतिमार्फत् व्यक्त गर्ने उद्देश्यअनुरुप ‘मिस नेपाल पिस’ आयोजना हुँदै आएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

नेपाल ब्रिस्ट क्यान्सर फाउन्डेनको सहकार्य र रोजिन शाक्यको सञ्चालन तथा कोरियोग्राफी रहेको प्रतियोगिताका प्रस्तुतिलाई स्वास्थ्य सचेतनामा केन्द्रित रहेका थिए । २५ जना नर्सिङ सुन्दरीहरुको प्रस्तुति रनवे मोडलको जस्तै प्रभावकारी थियो । पूर्व मिस नेपाल अश्मि श्रेष्ठ र मोडल हन्ट नेपाल विजेता आशिष केसी शो स्टपरका रुपमा रनवे प्रस्तुतिमा रहेका थिए । 

एभरेष्ट क्रू आकर्षक नृत्यहरु प्नि समेटिएको सो प्रतियोगिता विगतका भन्दा अझ बढी भव्य र सफल भएकोमा आयोजक संस्था व्यवस्थापक यतना पाण्डेले खुशी व्यक्त गरे । प्रतियोगिताको निर्णायकमा चिकित्सकद्वय सन्ध्या चापागाई र सुजिता हिराचन, अभिनेत्री बेनिशा हमाल, अभिनेता तथा गायक कोशिश क्षेत्री तथा स्काइफल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका सीईओ तेयन शर्मा रहेका थिए ।

कार्यक्रममा आयोजक नेस्टस् मोडल्सले समाजसेवा अन्तरगत संकलित नगद रकम अनाथ बालबालिकाको क्षेत्रमा कार्यरत सिर्जनशील बाल सेवा परिवारलाई हस्तान्तरण गरेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...