शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका पूर्वी कमाण्ड इन्चार्जले भने– वार्ताको हल्ला फैलाएर पार्टी फुटाउन खोजियो

आइतबार, ०८ वैशाख २०७६, १७ : २०
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक शीर्ष नेताले सरकारले आफ्नो पार्टीविरुद्धको प्रचारयुद्धलाई घनीभूत पारेको आरोप लगाएको छ । 

अहिले पार्टी वार्तामा बस्ने मनस्थितिमा नभएपनि आफूले वार्तामा बस्न विप्लवलाई दवाव दिएको भन्दै प्रचार गरेको सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा विरहीले आरोप लगाएका छन् । 

उनले सैद्धान्तिक रुपमा आफूहरु वार्ताको विरोधी नभएपनि अहिले वार्ताको कुनै सन्दर्भ र औचित्य नभएको बताएका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै शर्माले वार्ताको लागि विप्लवलाई दवाव दिएको भ्रम फैलाएर सरकार पार्टी फुटाउ र राज गर भन्ने मनसायबाट निर्देशित रहेको टिप्पणी गरेका छन् । 

उनले आफू पार्टीको नीति र कार्यक्रमप्रति दृढ रहेको पनि पष्ट पारेका छन् ।   

सरकारले २८ फागुनमा विप्लव नेतृत्वको पार्टीको गतिविधिमाथि प्रतिबन्ध लगाएर धरपकड तीब्र पार्दै आएको छ । यो बीचमा करीब २०० को हाराहारीमा विप्लवका नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप