केन्द्रीय संस्करण
श्रीलंकामा शृङ्खलाबद्ध विस्फोट

श्रीलङ्कामा आतंकवादी हमला : प्रहरीलाई शृङ्खलाबद्ध हमलाबारे पूर्व जानकारी थियो

आठौँ विस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो, मारिनेमा विदेशी नागरिक पनि

person explore access_timeबैशाख ८, २०७६ chat_bubble_outline2

श्रीलंकाको चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् ।

१० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको पनि बताएका छन् ।

आइतबार बिहान लगातार ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए भने त्यसको दुई घण्टापछि थप दुई विस्फोट भएका थिए । यसले राजधानी कोलम्बोको चर्चित सेन्ट एन्थोनी श्राइनमा पनि क्षति पुगेको थियो ।

डेली मेलका अनुसार श्रीलंकामा भएको शृङ्खलाबद्ध हमलामा कम्तिमा ३५ जना विदेशी नागरिक मारिएका छन् । अस्पताल स्रोतका अनुसार मारिने विदेशी नागरिकमा बेलायती, डच, पोर्चुगिज र अमेरिकी नागरिक रहेका छन् । घटनामा जापानी नागरिक पनि घाइते भएको बताइएको छ ।

घटनापछि सेन्ट एन्थोनीमा पुगेका एएफपीका फोटोपत्रकारले भुइँमा यत्रतत्र छरिएको अवस्थामा देखेको जानकारी दिएका छन् ।

चर्चको छत नै बम विस्फोटमा क्षतिग्रस्त बनेको थियो भने भुइँमा जमेको रगतको तालमा छतको टाइल्स र काठका टुक्राहरु तैरिहरेका थिए ।

घाइतेहरुलाई तत्कालै निजिकैको अस्पतालमा लगिएको थियो ।

प्रहरी प्रमुखको चेतावनी

विस्फोटबारे कसैले जिम्मा लिएको छैन र विस्फोटको प्रकृतिबारे कुनै जानकारी आएको छैन ।

तर, एएफीका अनुसार श्रीलंका प्रहरीका प्रमुख पुजुथ जयासुन्दराले आफ्ना शीर्ष अधिकारीहरुलाई १० दिन अघि ‘चर्चित चर्च’ हरुमा आत्मघाती बम आक्रमण हुनसक्ने चेतावनी दिएका थिए ।

‘एउटा विदेशी गुप्तचर एजेन्सीले एनटीजे (नेसनल थोउविथ जमाथ) ले चर्च तथा कोलोम्बोस्थित भारतको हाइकमिसनमा आक्रमण गर्ने योजना बनाइरहेका छन्,’ चेतावनी सन्देशमा भनिएको थियो ।

एनटीजे श्रीलंकको कट्टरपन्थी मुस्लिम समूह हो । गत वर्ष बुद्धका मुर्तीमा भएको तोडफोडमा यही समूहको हात रहेको थियो ।

रक्षा मन्त्रालयले आइतबार साँझ ६ बजेपछि कर्फ्यु आदेश जारी गरेको छ भने केही समयका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको थियो ।

आइतबार पहिलो विस्फोट कोलम्बोको सेन्ट एन्थोनी चर्चमा भएको थियो भने दोस्रो विस्फोट त्यहाँबाट उत्तरमा रहेको नेगोम्बोस्थित सेन्ट सबास्टियन चर्चमा भएको थियो ।

लगत्तै प्रहरीले पूर्व तटमा रहेको बाटिकालोवास्थित अर्को चर्चका साथै कोलम्बोस्थित तीन लक्जरी होटलमा विस्फोट भएको जानकारी दिएको थियो ।

साँझ कोलोम्बोको दक्षिणमा रहेको अर्को होटलमा विस्फोट भएको थियो जसमा थप दुई जनाको ज्यान गएको थियो । त्यस्तै, अर्को विस्फोट कोलम्बोको उत्तरमा रहेको ओरुगोदावात्तामा भएको थियो ।

निशाना बनाइएका होटलहरु श्रीलंकामा पर्यटकहरुका लागि चर्चित मानिने होटलहरु रहेका छन् । जसमा प्रधानमन्त्री निवास नजिकै रहेको सिनामोन ग्रान्ड पनि रहेको छ ।

एक अधिकारीका अनुसार होटलको रेस्टुरेन्टमा विस्फोट भएको थियो ।

त्यस्तै, सांग्रिला होटलमा पनि विस्फोटबाट ठूलो क्षति भएको छ ।

कोलोम्बोमा रहेका राजदूतावासहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो भने श्रीलंका एयरलाइन्सले यात्रुहरुलाई सुरक्षा जाँचका कारण चार घण्टाअघि विमानस्थल आउन आग्रह गरेको थियो ।

श्रीलंकामा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको छ भने मात्र ६ प्रतिशत ईसाई धर्मावलम्बी रहेका छन् ।

गत जनवरीमा प्रहरीले जंगलबाट ठूलो मात्रामा विस्फोटक पदार्थसहित कट्टरपन्थी मुस्लिम समूहका चार जना सदस्यहरुलाई पक्राउ गरेको थियो ।

 

 

 

कमेन्ट

  1. April 21, 2019, 10:30 p.m. Saroj basnet
    Namaro ho yo ta ne
  2.  0 Reply
  3. April 21, 2019, 8:07 p.m. Bipin Karmacharya
    निर्दोष​ नाग​रिकह​रु माथी ज्यान जाने ग​रि ग​रिएको ह​म​ला घोर मान​व​ता बिरोधी कार्य​ हो । य​स​मा स​म्ल​ग्न​ कसैलाई प​नी छोड्नु हुदैन​।
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...