नेपाल एग्रो लघुवित्तको साधारण शेयर खुल्यो
आइतबार, ०८ वैशाख २०७६, १६ : ५९
काठमाडौं– नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आजदेखि शुरु भएको छ । सो संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२.५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ ।
साधारण शेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । सो संस्थाको साधारण शेयरमा न्यूनतम १० देखि अधिकतम ८०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित