बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको घटनाप्रति दुःख व्यक्त

आइतबार, ०८ वैशाख २०७६, १६ : ४८
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीले सन्देशम भनेका छन्, ‘आज बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ ।’

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गरेका छन् । ‘यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानुनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु । नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । ‘दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभिएका छौ । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप