बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लगानी सम्मेलनको असर : ३१ परियोजनामा ४८ आवेदन, अनुमानित लागत २५ खर्ब

आइतबार, ०८ वैशाख २०७६, १६ : ११
आइतबार, ०८ वैशाख २०७६

काठमाडौँ–सरकारले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनमा प्रस्तुत गरेका ७७ वटा परियोजनाहरुमध्ये अहिलेसम्म २६ वटा परियोजनामा ४३ वटा आवेदन परेका छन् । 

यो डाटा २०७६ बैशाख ७ गतेसम्मको हो । लगानी बोर्डले आइतबार दिएको जानकारी अनुसार आह्वान नगरिएका ५ वटा परियोजनामा समेत आवदेन परेको छ । अहिलेसम्म आवेदन परेका परियोजनाहरुको कुल अनुमानित लागत २५ खर्ब भन्दा बढी रहेको छ । 

सम्मेलनमा नेपाल सरकारका तर्फबाट ५० र नीजि क्षेत्र २७ वटा परियोजनाहरु प्रस्तुत भएका थिए । प्रस्तुत परियोजनाहरु कृषि पुर्वाधार। स्वास्थ्य तथा शिक्षा पुर्वाधार, उर्जा पुर्वाधार, उद्योग, यातायात, तथा शहरी पुर्वाधार क्षेत्र रहेका छन् । 

हालसम्म कृषि पुर्वाधारका ५ परियोजनामा ७ आवेदन परेका छन् । त्यस्तै स्वास्थ्य तथा शिक्षा पुर्वाधारका २  परियोजनामा २, उर्जातर्फका ७ परियोजनामा ८, उद्योग पुर्वाधारका १ परियोजनामा १, पर्यटनका ३ परियोजनामा ३, यातायात पुर्वाधारका ९ परियोजनामा २२ तथा सहरी पुर्वाधारका ४ परियोजनामा ५ आवेदन परेको लगानी बोर्डले जनाएको छ । 

लगानी बोर्डको कार्यालयले तीमध्ये पहिलो चरणमा २७ परियोजनाका लागि ३ महिनाभित्र बिकासकर्ता छनोट गरिसक्ने तयारी गरेको छ । दोस्रो चरणमा १७ परियोजनाका लागि नौ महिना (२० फेब्रअरी २०२०) भित्र र तेस्रो चारणका ६ परियोजनाका लागि १४ महिना (२० अगस्ट २०२०) भित्र बिकासकर्तालाई छनोट गर्नेगरी कार्यायोजना तयार गरेको छ । 

बोर्डले प्राप्त आवेदनहरुको मुल्याङकन तथा सम्मेलनमा भएका समझदारी तथा सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आर्थिक तथा भौतिक पुर्वाधार हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

बोर्डको बैशाख ५ गते सम्पन्न ३७ औं बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय,उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा लगानी बोर्डको कार्यालयको प्रतिनिधित्व गर्ने एकएक जना सहसचिव रहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप