बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा बजेट अधिवेशन आह्वान

आइतबार, ०८ वैशाख २०७६, १६ : ०७
आइतबार, ०८ वैशाख २०७६

काठमाडौँ– संघीय संसदको बजेट अधिवेशन वैशाख १६ गतेबाट सुरु हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैशाख १६ गतेबाट सुरु हुनेगरी संसद बैठक आह्वान गरेकी हुन् । 
सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति  विद्यादेवी भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले आइतबार संसद सचिवालयलाई पत्र पठाउँदै बैशाख १६ गते दिउँसो ४ बजेका लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी हुन् ।

अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट पेश गर्नुपर्ने भएकाले प्रि–बजेट छलफलका लागि एक महिनाअघि अधिवेशन बोलाउन लागिएको हो ।

बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे छलफल गर्ने परम्परा छ । 

संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप