तातोपानी नाका खुल्ने निश्चित
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको दावी गरेका छन् ।
सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसद समेत रहेका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताएका हुन् ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताए । राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नु परेको नेता सापकोटाको भनाई छ ।
नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिबद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी