शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अभिनन्दनलाई केही नराम्रो भयो भने ठीक हुने छैन भनेर पाकिस्तानलाई चेतावनी दिएको थिएँ’

'भारत विश्वको चौँथो महाशक्ति'
आइतबार, ०८ वैशाख २०७६, १४ : ५१
आइतबार, ०८ वैशाख २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर गुजरातको पाटणबाट लोकसभा प्रचारको शुरुवात गरेका छन् ।

मोदीले प्रचारसभालाई सम्बोधन गर्दै भने, ‘हाम्रो सरकार आएपछि बम विस्फोट गराउने ग्याङ्ग जम्मू–कश्मीरमा सीमित भएका छन् । २६÷११ मुम्बई हमलापछि देश आतंकवादीहरुलाई कडा जवाफ देओस् भन्ने चाहन्थ्यो । तर, तत्कालिन सरकारले हिम्मत देखाउन सकेन । उरी र पुलवामा हमलापछि हामीले सेनालाई खुला छुट दिएका थियौँ । आतंकवादीहरुलाई जवाफ दियौँ । एयर स्ट्राइक गरेपछि खेल खत्तम ।’

भारत विश्वको चौँथो महाशक्ति

मोदीले भने, ‘जब अभिनन्दनलाई पाकिस्तानले पक्रेको थियो मैले उनीहरुलाई भने यदी अभिनन्दनलाई केही गलत भयो भने हामी छोड्ने छैनौँ । आज हामीले यस्तो क्षेप्यास्त्र बनाएका छौँ, जसले अन्तरिक्षमा पनि मार हान्न सक्छ । भारत आज विश्वको चौँथो महाशक्ति बनिसकेको छ । हामी एउटा समृद्ध भारत बनाउन चाहन्छौँ ।’

मोदीले काँग्रेसमाथि निशाना साध्दै भने, ‘तपाईंहरु (काँग्रेस) ले लामो समय सरकार चलाउनुभयो । तर, यो चायवालाले ५ वर्षमा देशको अर्थतन्त्रलाई ११ बाट छैटौँ नम्बर ल्यायो । उनीहरु भन्छन् कि मोदी विदेश घुमिरहेको छ । तर, जी२० को हरेक बैठकमा भारत सामेल भएको छ ।

गुजरातको सबै २६ लोकसभा सिटमा तेस्रो चरणको चुनावमा २३ अप्रिलमा मतदान हुँदैछ । त्यही भएर भोलिदेखि त्यहाँ चुनाव प्रचार गर्न पाइने छैन ।

प्रधानमन्त्री मोदीले अहिलेसम्म गुजरातको जूनागढ, सोनगढ, अमरेली, सुरेन्द्रनगर र आणंदमा र्यालीको आयोजना गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप