शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी इन्स्योरेन्स इन्टरनेशनल गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

आइतबार, ०८ वैशाख २०७६, १३ : ४८
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्सले यहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइदिने अन्तराष्ट्रिय गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । युवा र प्रौढ गरि दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जना सिनियर खेलाडीहरु रहेका थिए । 

सो अवसरमा उत्कृष्ट अर्थात सुपर सिनियर खेलाडी विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

खेलकुद मार्फत पनि आफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशी भएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए ।

वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्स्योरेन्सले फेयर एण्ड राइजिङ्ग, स्मार्ट एण्ड सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आईओएस सर्टिफाईड कम्पनी हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप