बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शास्वतधाममा प्रधानमन्त्री ओली, शिव मन्दिरमा विशेष पुजा

आइतबार, ०८ वैशाख २०७६, १३ : ४३
आइतबार, ०८ वैशाख २०७६

नवलपरासी– प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पुजाअर्चना गरेका छन् । 

उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरे । शनिवार दिउसो हेलिकप्टरवाट प्रधानमन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक संग्राहलयको अबलोकनमा पुगेका थिए । 

शास्वतधामको अवलोकन पछि प्रधनमन्त्री ओलीले शास्वतधामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफु प्रभावित भएको बताए । प्रधानमन्त्रीले औद्योगिकरण, समाजसेवा र धार्मिक कार्यमा समेत प्रशंसनीय काम गरेर उद्यमी बिनोद चौधरीले सफलताको उदाहरण प्रस्तुत गरेको बताए । शास्वतधाम नेपालकै गहना भएको र यसले धार्मिक पर्यटन र सामाजिक एकता तथा धार्मिक सहिष्णुता कायम राख्न उच्च योगदान दिएको भन्दै प्रशंसा गरे

प्रधानमन्त्री ओलीले कृतिम हातखुट्टाको अभावमा रहेका नागरिकलाई स्थाई केन्द्रबाट ठूलो राहत पुग्ने आशा पनि व्यक्त गरे । मानवीय सेवामा चौधरी ग्रुपको योगदान प्रशंसायोग्य भएको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक काममा अझै धेरै काम गर्न पनि ग्रुपलाई प्रोत्साहित गरे । 

चौधरी फाउण्डेसनले यसअघि काठमाडौं र नवलपुरको सहज अस्पतालमा शिविरको आयोजना गरि ५०८ जनालाई कृतिम हातखुट्टा जडान गरिदिएको थियो । मुलुकभर करिब एक लाख व्यक्तिका लागि यस्तो सेवा आवस्यक रहेकाले स्थाई केन्द्रमार्फत् सेवा दिन लागिएको चौधरी फाउण्डेसनका अध्यक्ष चौधरीले बताए । फाउण्डेशनले बिभिन्न कारणले हातखुट्टा गुमाएका ब्यक्तीलाई निशुल्क कृत्रिम हातखुट्टा जडान गरेर सेवा दिदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप