शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्य संस्थानको चामल कारागारमा बढी खपत

आइतबार, ०८ वैशाख २०७६, १३ : ३०
आइतबार, ०८ वैशाख २०७६

कास्की– गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थानको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात  छ । 

यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी गराए ।

उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक  १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ । कारागारमा सोना मन्सुली चामल र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताए । ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम  गहुँ पनि भण्डारण गरिएको छ । 

            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप