बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिटिजन्स बैंक १३औं वर्षमा प्रवेश, ५.९१ प्रतिशतको नाफा वृद्धि

आइतबार, ०८ वैशाख २०७६, १२ : ५६
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रैमास सम्ममा ६८ अर्व ६८ करोड निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड कर्जा प्रवाह गर्न सफल भएको छ ।

त्यसैगरी सोहि अवधिभित्र बैंकले १ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र १ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमशः ४.०२  प्रतिशत र ५.९१ प्रतिशतहो वृद्धि हो ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर बैंकिङ्ग जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक नारायणहिटीपथ–हात्तिसार–कमलादी–नारायणस्थान हुँदै  बैंकको प्राङ्गणमा आएर टुगिएको थियो । उक्त प्रभातफेरी कार्यक्रममा करिव ३५० सिटिजन्सकर्मीहरूको उपस्थिति रहेको थियो ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेका थिए ।

बैंकले १३ औं वर्षमा प्रवेश गरेको अवसर पारेर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरेको छ । बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ‘स्नो याक फाउन्डेसन’लाई आर्थिक सहयोग स्वरुप १ लाख, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था ‘वेवी लाईफ होम’ किर्तिपुर लाई आर्थिक सहयोग स्वरुप २ लाख सहयोग गरेको छ ।

त्यसैगरी, विभिन्न उमेर समुहका असमर्थ, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको चितवन मानव सेवा आश्रमलाई ३ लाखको आर्थिक सहयोग प्रदान गरेको छ  ।

बैंकले नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी विभिन्न शाखाहरुमा  रक्तदान  कार्यक्रम संचालन गरेको छ । 

बैैंकले कारोबार संचालन गर्दै आएकोे बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टी.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ४ लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 


                             
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप