शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मह जोडीलाई ‘बसुन्धरा पुरस्कार’

आइतबार, ०८ वैशाख २०७६, १२ : ४०
आइतबार, ०८ वैशाख २०७६

काठमाडौैँ – वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ हाँस्य मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले श्रेष्ठलाई ‘वसुन्धराश्री पुरस्कार’ र आचार्यलाई ‘मानश्री पुरस्कार’ प्रदान गर्न लागेको हो ।

हास्यव्यङ्गय, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयको माध्यमले नेपाली कला, रङ्गमञ्च र हाँस्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत दुबै कलाकारलाई सम्मान पत्र सहित रु ५० , ५०  हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागेको प्रतिष्ठानले जनाएको छ । 

बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पुरस्कारको निणर्य गरेको हो । पुरस्कार उक कार्यक्रम सहित बाँडिने प्रतिष्ठाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप