शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनु भइन् सातौ जुनियर ब्याटल विजेता

आइतबार, ०८ वैशाख २०७६, १२ : ३६
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं – तोरन स्कुलका अनु भण्डारी ‘जुनियर ब्याटल–२०१९’को उपाधि विजेता बनेकी छन् । मिडियाल्याण्डले काठमाडौंको नाँचघरमा आयोजना गरेको प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार समेत हात पारिन् । 

प्रतियोगितामा जुनियर र सिनियर गरेर फष्टरनर अप र सेकेन्ड रनर अप पनि छानिएको थियो । त्यसमा जुनियरतर्फ फस्ट रनर अपको उपाधि पाठशाला नेपालकी श्रेया थापा र सेकेन्ड रनरअपको उपाधि पाठशाला नेपालकै कुशल लामाले जिते । यस्तै सिनिएरतर्फ फस्ट रनरअपको उपाधि एल आर आई स्कुलबाट आजन्म सापकोटाले र सेकेन्ड रनरअपको उपाधि तोरन स्कुलबाट आस्मा थापाले हाँसिल गरे । 

प्रतियोगिताको निर्णायकमा गोपाल झा, सीता पाठक, निर्णय श्रेष्ठ, लसता जोशी, संगीता श्रेष्ठ, उत्तम बनेपाली, महेश महर्जन, सुबेक्षा खड्का, धर्मेन्द्र सेवान, रोहित जोन क्षत्री लगायत रहेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप