शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक लगानीका उद्योगको अनुमति किन रोकियो ?

आइतबार, ०८ वैशाख २०७६, १२ : २३
आइतबार, ०८ वैशाख २०७६

काठमाडौं–वैदेशिक लगानीका उद्योगको अनुमति रोकिएको छ । उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले नयाँ ऐनमा वैदेशिक लगानीको न्यूनतम हद नतोकिएकाले नयाँ अनुमति अहिलेलाई बन्द गरिएको बताए । 

वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनमा न्यूनतम हद तोकिएको छैन । महानिर्देशक सिंहले राजपत्रमा न्युनतम हद प्रकाशित गरिने बताए । उनका अनुसार सम्भवतः एक साताभित्र राजपत्रमा न्युनतम हद प्रकाशित हुनेछ । न्यूनतम हद नतोकिए सम्म अनुमति दिन नमिल्ने महानिर्देशक सिंहले बताए । 

यसअघि विभागले न्युनतम ५० लाख रुपैयाँसम्मको वैदेशिक लगानीको उद्योगलाई अनुमति दिँदै आएको थियो । राजपत्रमा न्यूनतम हद तोकिएपछि अनुमति पुन खुल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप