शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन महिनापछि मैदानमा आउने भए नेइमार

आइतबार, ०८ वैशाख २०७६, १० : ०२
आइतबार, ०८ वैशाख २०७६

एजेन्सी – खुट्टाको चोटका कारण तीन महिनादेखि विश्राममा रहेका पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार  नेइमार आइतबार (आज) रातिदेखि खेलमा फर्कने भएका छन् । फ्रेन्च लिग वानमा पीएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।

गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका नेइमार एकसाता अघिनै टोलीको प्रशिक्षामा फर्किएका थिए । सामान्य प्रशिक्षण गरिरहेका नेइमारलाई प्रशिक्षक थोमस टुचेलले पुनरागमन गराउन लागेका हुन् । ‘नेइमारले टोलीसँग प्रशिक्षण गरिरहेका छन् । हमीले उनले खेल्न सक्ने र नसक्ने विचार गरिरहेका थियौं । 

उनी अहिले पूर्ण रुपमा फिट भएका छन् । उनी स्वयं खेल्न सक्नेमा विस्वस्त देखिएका छन् । मोनाकोविरुद्ध नेमारले पुनरागमन गर्नेछन,’ प्रशिक्षक थोमसले भने ।

नेइमार गत जनवरी महिनामा कोपा डेल रे अन्तर्गत स्टार्सबर्गविरुद्धको खेलमा घाइते भएका थिए । त्यसगता उनी चिकित्सकको विशेष निगरानीमा थिए । चोट बोक्नुअघि नेइमारले लिग वानमा १३ गोल गरेका थिए । लिगको उपाधि मुखमा रहेके पीएसजीले पछिल्ला खेलमा लागातार हार खेप्दा उपाधि दौड लम्बिएको छ । यदि मोनाकोविरुद्ध आज राती जित हात पारेमा पीएसजी लिग च्याम्पियन बन्ने निश्चित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप