शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निकलसकाे गाेलमा बायर्न विजयी

आइतबार, ०८ वैशाख २०७६, ०९ : २५
आइतबार, ०८ वैशाख २०७६

एजेन्सी - साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा जित हात पारेको छ । शीर्ष टोली बार्यनले शनिबार राति भएको खेलमा वेडर ब्रेमेनलाई १–० गोलले हराउँदै जित दर्ता गरेकाे हाे । 

१० खेलाडीमा समेटिएको वेडर ब्रेमेनमाथि बायर्नलाई जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । घरेलु मैदानमा बायर्नको जितका निकलस सुल नायक बने । निकलसले ७५ औँ मिनेटमा गोल गरेका थिए । उनले थिएगो अलकान्ताराको पासमा गोल गर्दै बायर्नको जित पक्का बनाएका हुन् । 

यसअघि ५८ औँ मिनेटमा वेडर ब्रेमेनका मिलोस भेल्जेकोभिच दोहोरो रातो कार्ड पाउँदै बाहिरिएका थिए । खेलमा सुरुवातदेखि नै पकड जमाएको बायर्नलाई गोल कठिन भएकाे थियाे ।

जितसँगै बायर्नले ३० खेलबाट ७० अंक बनाएको छ । बार्यन दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा चार अंकअगाडि छ । बोरुसिया डर्टमन्डको ६६ अंक छ । यद्यपी डर्टमन्डले एक खेल कम खेलेको छ । ४६ अंक बनाएको वेडर ब्रेमेन तालिकाको आठौं स्थानमा छ । बुन्डेस लिगामा अब सबै टोलीले चार खेल खेल्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप