शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हस्पिटलको शौचालयमा झुन्डिएको अवस्थामा एक नर्सको शव फेला

आइतबार, ०८ वैशाख २०७६, ०८ : ३५
आइतबार, ०८ वैशाख २०७६

जनकपुर – धनुषा जिल्लामा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग हस्पिटलमा कार्यरत एक नर्सको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

आइतबार हस्पिटल परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका स्थित रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो ।

 प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनले लगभग राति १ बजे शौचालय भित्रैबाट ढोका बन्द गरी पासो लगाएकी थिइन् । 

प्रहरीका अनुसार मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । 

उक्त हस्पिटल स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप