शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोना लिग फुटलबको उपाधि नजिक

आइतबार, ०८ वैशाख २०७६, ०८ : २१
आइतबार, ०८ वैशाख २०७६

एजेन्सी - बार्सिलोना स्पेनिस ला लिग फुटलबको उपाधि नजिक पुगेको छ । घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेकाे हाे । लिगमा पाँच खेल खेल्न बाँकी रहेकाे बार्सिलोनालाई उपाधिका लागि अब ६ अंक आवश्यक छ ।

यस जितसँगै बार्सिलोनाले ३३ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । बार्सिलोना एट्लेटिकोभन्दा ९ अंकअगाडि छ । बार्सिलोनासँग हारेको सोसिडाड ४१ अंकसहित १० औं स्थानमा छ ।

प्रतिस्पर्धातमक खेलमा बार्सिलोनाले ४५ औँ मिनेटमा खाता खोलेको थियो । क्लेमेन्ट लेङ्लेटले गोल गर्दै बार्सिलोनालाई अगाडि बढाएका थिए । ६२ औँ मिनेटमा सोसिडाडका जुआनमीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६४ औं मिनेटमा जोर्डी आल्बाले गोल गर्दै बार्सिलोनालाई जिततर्फ लगे । जोर्डीको गोलपछि दुवै टोलीले थप गोल गर्न नसक्दा बार्सिलोनाले जित हात पारेकाे हाे ।

शनिबार राति नै भएको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिकोले इबरलाई १–० गोलले हरायो । एट्लेटिकोको कठिन जितमा थोमस लेमरले ८५ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप