नीतिविपरीत निगम : मासिक नाफा ६० कराेड, मूल्य समायाेजनमा अनिच्छुक
काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ ।
इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ पछि मूल्य समायोजन गरेको छैन । माघ १९ मा निगमको मासिक नाफा दुई अर्ब ३२ करोड थियो । निगमको मासिक नाफा ६० करोड पुगेको छ ।
निगमले २०७१ असोजदेखि स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । उक्त प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यका आधारमा निगमले पनि १५ दिनमा उपभोक्ता मूल्य कायम गर्नुपर्छ ।
निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५६ पैसा, डिजेलमा तीन रुपैयाँ ३४ पैसा, मट्टितेलमा २३ रुपैयाँ ४८ पैसा, आन्तरिक हवाई इन्धनमा नौ रुपैयाँ ६२ पैसा र बाह्य हवाई इन्धनमा ५१ रुपैयाँ ८३ पैसा नाफा गरिरहेको छ । याे समाचार राजेश बर्माले अन्नपूर्णमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ