शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता निधिको प्रहारः ओली सरकार कुसंस्कारी, राजपा र फोरम ढोंगी पार्टी

शनिबार, ०७ वैशाख २०७६, २१ : ४५
शनिबार, ०७ वैशाख २०७६

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ओली सरकारलाई कुसंस्कारी तथा राजपा र फोरमलाई ढोंगी पार्टीको संज्ञा दिएका छन् ।

राष्ट्रीय जनता पार्टीको स्थापना दिवस कै दिन धनुषामा राजपा नेपाल पार्टी  परित्याग गरी राजपाका थुप्रै कार्यकर्ताहरु कांग्रेस पार्टीमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रहार गरेका हुन् ।


धनुषाको नगराइन नगरपालिका गंगुली टोल स्कूलमा आयोजित सो कार्यक्रमलाई  सम्बोधन गर्दै प्रमुख अतिथि तथा कांग्रेसका उप सभापति विमलेन्द्र निधिले ओली नेतृत्व सरकारलाई कुसंस्कारी सरकारको संज्ञा दिए । उनले देशका जनता र बुद्धिजीवीलाई सम्मान नगर्ने  बोलीवचन नभएको त्यो सरकारले दीर्घकालीन रुपमा साथ दिनै नसक्ने ठोकुवा गरे ।

मधेशमा अहिले मधेशवादी दल लाइ भोट दिएर जनता पछूतो गरिरहेको र पहारुडमा ओली नेतृत्वको सरकारलाई मतदान गरेर जनता दुःखी रहेको उनको भनाइ थियो ।

राजपा र फोरमलाई ढोंगी पार्र्टीको संज्ञा दिदै नीधिले ‘उपेन्द्र जी र अन्य मधेशवादी दलले यो संघीय सरकार संग साइनो गांसेर बस्ने होइन, अब विद्रोह गर्नुपर्ने’ सुझाव दिए ।
संविधान संशोधनको लागि कांग्रेसले सधैं प्रयास गरेको बताउँदै नेता निधिले यो सरकारले संविधान संशोधन पनि नगर्ने, जनतालाई अधिकार पनि नदिने ठोकुवा गरे । उनले प्रश्न गर्दै भने, ‘‘नेकपा संग दुई तिहाई मत हुँदा हुँदै पनि संविधान संशोधन किन गरेन ?’  

जनतालाई विकास र अधिकार चाहिने र त्यो प्राप्त भएपछि मात्र समृद्धि आउने ठोकुवा गर्दै नीधिले अवब कांग्रेशले मात्र समृद्धिको त्यो सपना साकार गर्ने ठोकुवा गरे ।

देशलाइ सकारात्मक रूपान्तरण गर्ने कार्यमा दरवार, कम्युनिस्ट र भर्खर जंन्म लिएको नयाँ  पार्टीहरुले भन्दा बटी काँग्रेशले भूमिका निर्वाह गरेको पनि उनले दावी गरे ।

बैशाख ११ देखि राष्ट्रिय जागरण अभियान अंतर्गत ७७ जिल्ला मैं 'हिमाल, पहारु तराई मधेश जन जनमा कांग्रेस' मूल नाराका साथ जागरण अभियानको संखनाद गर्न लागेको र यो एक वर्ष सम्म हुने निधिले बताएका छन् ।

जनकपुरको सिगरेट फैक्ट्री अब मधेशको सिंह दरवार रहेको जिकिर गर्दै उनले ‘संघीय सरकारको फैक्ट्री वेच्ने प्लान कुनै हालतमा सफल हुन नदिने’ चेतावनी समेत दिए ।

सोही कार्यक्रममा राजपामाथि कडा प्रहार गर्दै प्रदेश २ सभा सदश्य प्रमिला देवी दासले प्रदेश सरकारलाइ लुटेराको संज्ञा दिदै ‘बेटी पढाऔं, बेटी बचाऔं’को नाममा अहिले सरकारमा रहेका मंन्त्रीहरु लुटेरा जस्तै लूटतंत्र मचाएको आरोप लगाए ।

कार्यक्रममा अर्का प्रदेश सभा सदश्य शिवचन्द्र चौधरी, कांग्रेस नेत्री प्रतिनिधि सभा सदश्य मीनाक्षी झाले पनि सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा विगत चुनावमा राजपालाइ जीत दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हर्ष नारायण झा र चन्देस्वर लाल कर्ण सहित थुपै्र व्यक्तिहरुले  नेपाली काँग्रेस पार्टी प्रवेश गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप