शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ प्रधानमन्त्री ओलीले नवलपुरमा बाँडेको सपना

शनिबार, ०७ वैशाख २०७६, २० : ११
शनिबार, ०७ वैशाख २०७६

नवलपुर,७ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास  गर्दै प्रधानमन्त्रीले विकासका आफ्ना केही सपनाहरु जनतामाझ बाँडेका छन् ।

आज कावासोतीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पु¥याइने बताए । “केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउछौं” भन्दै प्रम ओलीले भने “धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौंलाई रोजगारी पनि दिन्छौं ।”

सोही अवसरमा उनले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको पनि उल्लेख गरे ।

“यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउ मैले धेरैजना नेताहरुलाई सम्झाउनु प¥यो ” भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने“अब यो नयाँ जिल्लाले आफूलाई देश कै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समाधान नगरेका कारण सुकुम्बासीका समस्या ठूलो भएको बताउनुभएको छ ।

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको सनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठुलो समस्या नै नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो “सुकुम्बासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।” घरखेत नभएका नै बास्तविक सुकुम्बासी भएको भन्दै उहाँले वास्तविक सुकुम्बासीको पहिचान गरेर समस्या समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो “ कावासोतीमा घर छ , बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउदा घडेरी छैन भने यहाँ सुकुम्बासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्बासी होइन । वास्तविक सुकुम्बासीको समस्या समाधान गरिन्छ ।”

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगाय काममा जिम्मेबार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव पनि दिनुभयो । उहाँले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि सर्त राखेर गैह् जिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिनुभयो ।

योजनावद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उहाँले निकट भविश्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दाबी गर्नुभयो ।

जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरि १ सय ८६ बिगाह क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप