मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो पत्रकारहरुको प्रदेशस्तरीय कार्यक्रम

शनिबार, ०७ वैशाख २०७६, १६ : ११
शनिबार, ०७ वैशाख २०७६

रौतहट । १५ बुँदे घोषणापत्र जारी गर्दै ‘साना लगानीमा संचार माध्यमको प्रवर्द्धनमा स्थानीय तहको भूमिका’ विषयक २ नम्बर प्रदेशस्तरीय कार्यक्रम रौतहटमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजन तथा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय साना लगानी मिडिया हकहित तथा संरक्षण समितिद्वारा चन्द्रपुरमा आयोजित कार्यक्रममा सहभागीबीच प्रदेश २ मा साना लगानीका मिडिया सञ्चालन गर्दा भएका कठिनाइबारे विचारविमर्श हुनुका साथै समाधानका लागि १५ बुँदे घोणषापत्र जारी गरिएको हो । 


१५ बुँदे घोषणापत्रमा स्थानीय तहले साना लगानीका पत्रपत्रिकाको प्रवर्द्धनका निमित्त नियमित रुपमा क्षमता अभिवृद्धि तालिम सञ्चाल गराउनु पर्ने, स्थानीय तहले स्थानीयस्तर बाट संचालित मिडियाहरुमा प्राथमिकता साथ विज्ञापन र सूचना उपलब्ध गराउनुु पर्ने लगायतका विषय समेटिएको छ । 
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले साना लगानीका पत्रिका र उक्त पत्रिकामा लेख्ने पत्रकार वास्तविक पत्रकार रहेको धारणा राखे । 

सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले विभागले दिँदै आएको सेवा आउँदा दिनमा प्रदेश र स्थानीय तहसम्म पुर्याउने भन्दै जसबाट पत्रकार तथा सञ्चार उद्यमी लाभान्वित हुने बताए ।


कार्यक्रममा प्रनितनिधिसभा सदस्य अनिल कुमार झा, प्रदेश २ का भौतिक पूर्वाधार तथा व्यवस्था राज्य मन्त्री डिम्पल झा, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाँई, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिवद्वय शीतल महतो, रामप्रसाद दाहाल, केन्द्रीय सदस्यहरु सुुरेश यादव, गोपाल बराइली, अवधेश झा, देवकुमार यादव, शैलेन्द्र झालगायतको सहभागिता रहेको थियो । 

१५ बुँदे घोषणापत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप