शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीतगढी किल्लाको विजयोत्सवमा प्रधानमन्त्रीलाई कालोझण्डा !

शनिबार, ०७ वैशाख २०७६, १५ : ४९
शनिबार, ०७ वैशाख २०७६

 बुटवल–प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् ।

ऐतिहासिक जीतगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् ।

‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । 

प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला भीडबाट ती युवाले कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । प्रहरीले ती युवा अर्घाखाचीका रुद्र प्रसाद घिमरे रहेको जनाएको छ । उनलाई तत्कालै प्रहरी नियन्त्रणमा लिएको थियो । 

यो पनि....

प्रधानमन्त्री ओलीले ऐतिहासिक किल्लामा उभिएर भने, ‘देश समृद्धितर्फ अघि बढेको छ, दक्षिणवाला ज्योतिषको भ्रममा नपरौं

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप