मेक्सिकोमा १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको मृत्यु
मेक्सिको । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको छ ।
सार्वजनिक सुरक्षा निकायले पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा ‘एल बेकी’ नाम गरेका स्थानीय बार सञ्चालकको खोजीमा आएको एक बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएको जनाएको छ ।
गोली लागेर सात जना पुरुष, पाँच जना महिला र एक बच्चाको मृत्यु भएको छ भने चार जना घाइते भाएका छन् ।
गोली प्रहार गर्नुको कारण अद्यापी थाहा हुन सकेको छैन, तर भेराक्रुजमा संगठित अपराध र बन्दुक हानाहानका हिंसात्मक घटना बारम्बार हुने गरेका छन् । यस्तो भिडन्त सामान्यतया लागूपदार्थका तस्करहरुबीच हुने गरेको प्रहरीले जनाएको छ ।
मेक्सिकोका तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरोनले लागूपदार्थका तस्करविरुद्ध सन् २००६ देखि आक्रामक कारबाही थालेयता तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
यसैबीच, कजाकस्तानमा शनिबार बिहानै भएको एक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी