समाजवादी फोरमको प्रदेश अधिवेशन विराटनगरमा हुने
विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख १५ र १६ गते हुने अधिवेशनमा प्रदेशका १४ जिल्ला समन्वय समिति र १३७ पालिकाबाट ५१६ जना प्रतिनिधिको सहभागी हुने जानकारी गराइयो ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुका साथै संविधान संशोधनको माग नै मुख्य मुद्दा हुने तदर्थ समिति अध्यक्ष भूपेन्द्र नेमाङ लिम्बूले बताए ।
समितिका उपाध्यक्ष राजकुमार यादवले पहिचानसहितको सङ्घीयता, समानुपातिक समावेशीकरणजस्ता सैद्धान्तिक विषयलाई अधिवेशनमार्फत व्यवस्थित र व्यापक बनाउन जनसङ्गठनलाई परिचालन गरिनेछ भने ।
अधिवेशन सम्पन्न गर्न रु १२ लाख खर्च हुने जनाइएको छ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै