शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप पौडेलको नेतृत्वमा देशभर पानीको मूल संरक्षण अभियान शुरु

शनिबार, ०७ वैशाख २०७६, १४ : ०२
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पानीको मूल संरक्षण अभियान शुरु गरेका छन् । 

पानीको मूल तथा पोखरी संरक्षण अभियान थालनी गर्दै यसलाई देशव्यापी अभियान नै बनाइने घोषणा पौडेलले गरेका हुन् । 

स्वच्छ खानेपानी आम मानिसको आधारभूत आवश्यकता रहेकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व हो भन्दै पौडेलले अभियान घोषणा गरेका हुन् । 

विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिमा पौडेलले आफ्नो जन्मथलो तनहुँ ढोरफिर्दी स्थित ठूलो पधेँरोको पानी पिउँदै  अभियानको थालनी गरे । 

राजनीतिलाई समाजसेवाको अभिन्न अंगको रुपमा व्याख्या गर्नु हुने पौडेलकै नेतृत्वमा हालै बारा, पर्सा तथा रौतहटका आँधीवेहरी पीडित सयौं स्थानीयलाई राहत सामाग्री बाँडिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप