शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भेटियो बिस्फोटक पदार्थ

शनिबार, ०७ वैशाख २०७६, १३ : ५६
शनिबार, ०७ वैशाख २०७६

धनगढी । नयाँदिल्लीबाट काठमाडौँंतर्फ आउँदै गरेको बसबाट गएराति कैलालीमा लत्ताकपडा, ल्यापटप, धारामा प्रयोग गरिने टुटी र डेटोनेटर (बिस्फोटक पदार्थ) जस्तो देखिने सामग्री बरामद गरिएको छ । 
  
 पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७२४५ नं को बसलाई रोकेर जाँच गर्ने क्रममा १२ थान डिटोनेटर जस्तो देखिने सामग्री र करीब १६५ थान महिलाले लगाउने कपडा, दुई थान ल्यापटप, धाराको टुटीसहितका सामग्रीसहित बसलाई नियन्त्रणमा लिइएको डुडेझारी सशस्त्र प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताए ।
  
बरामद भएको डेटोनेटर जस्तो देखिने वस्तु डेटोनेटर भए नभएको बारे भने यकिन हुन सकेको छैन ।  विष्फोटक पदार्थ भए नभएको बारे जाँच गर्नका लागि जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप