शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा आँधी, चार जनाको मृत्यु

शनिबार, ०७ वैशाख २०७६, १३ : ४५
शनिबार, ०७ वैशाख २०७६

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो ।

अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो ।

बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो । मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो । 

एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप