बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एपीएफका दिपेशले रचे नयाँ इतिहास

शनिबार, ०७ वैशाख २०७६, १२ : ५१
शनिबार, ०७ वैशाख २०७६

काठमाडौं–आर्मीका रत्नजित तामाङको एकछत्र राजलाई तोड्दै एपीएफका दिपेश धामी ब्याडमिन्टनका नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् ।

आठौं राष्ट्रिय खेलकुद अन्र्तगत दाङमा शनिबार भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा दिपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा हराए । यस जितसँगै दिपेशले नयाँ इतिहास रचेका छन् । विगतका चार राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व जमाएका रत्नजितले यसपटक दीपेशसँग लज्जास्पद हार खेपे ।

२०६९ सालमा काठमाडौंमा भएको ३६औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई हराउँदै नम्बर एक भएका रत्नले त्यसपछि पछाडी फर्केर हेर्नु परेका थिएन ।

बेलाबेलामा उनलाई दिपेश र प्रिन्स दाहालले चुनौती दिँदै आएका थिए । आठौं अन्र्तगतनै पुरुष टिम ईभेन्ट्सको सेमिफाइनलमा प्रिन्सले तथा फाइनलमा दिपेश रत्नलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने संकेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप