शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेल अधिकारीले मुस्लिम कैदीको जिउमा तातो फलामले खोपे ‘ॐ’ को प्रतिक

शनिबार, ०७ वैशाख २०७६, १२ : २५
शनिबार, ०७ वैशाख २०७६

भारतको नयाँ दिल्लीस्थित तिहार जेलमा एक जेल अधिकारीमाथि मुस्लिम कैदीको शरीरमा ‘ॐ’ को प्रतिक खोपेको आरोप लागेको छ ।

नबिर नाम गरेका ती कैदीले दिल्ली अदालतमा मेट्रोपोलिटन म्याजिस्ट्रेट रिचा परिहारको समुन्ने आफ्नो टि–सर्ट खोल्दै शरीरमा खोपिएको ‘ॐ’ प्रतिक देखाउँदै सो आरोप लगाएका हुन् ।

नबिरका अनुसार ती जेल सुपरिटेन्डेन्टले तातो फलामले डामेर उक्त प्रतिक आफ्नो शरीरमा खोपेका हुन् । त्यति मात्र होइन ती जेल अधिकारीले उनलाई नवरात्राको समयमा खान पनि नदिएको र हिन्दु धर्ममा परिवर्तन गर्न पनि धम्की दिएको नबिरले आरोप लगाएका छन् ।

यो घटना बुधबार कारकार्डुमा अदालत भएको हो । नबिरका वकिल जगमोहन सिंहले उनलाई जेलमा भेटेपछि अदालतमा याचिका दायर गरेका थिए ।

नबिरलाई संगठीन अपराध तथा हतियारको मामिलामा पक्राउ गरेर तिहार जेलमा राखिएको छ ।

म्याजिस्ट्रेट परिहारले तिहार जेलका अधिकारीहरुलाई यस विषयमा छानविन गरेर रिपोर्ट तयार गर्न निर्देशन दिएकी छिन् ।

यसका लागि सिसिटिभी फुटेज र अन्य कैदीको बयान पनि सामेल गर्न भनिएको छ ।

नबिरको सुरक्षाका लागि आरोपित जेल सुपरिटेन्डेन्ट राजेश चौहानको पर्यवेक्षणबाट उनलाई अलग राख्न पनि निर्देशन दिइएको छ ।

तिहार जेलका डाइरेक्टर जेनेरल अजय कश्यपले यस विषयमा अनुसन्धान शुरु भइसकेको बताउँदै नबिरलाई अर्कै ठाउँमा स्थानान्तरण गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप