श्रीमानकै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु
पर्सा- श्रीमान्कै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको हो ।
गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो ।
पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ । अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमान्सहितका ससुराली पक्ष फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । उनले अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइतीपक्षको जिम्मा लगाएको बताए ।
घटनामा संलग्न रहेका श्रीमान् दासलगायतकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा