दूतावासको सहयोगमा गुम्बा पुनर्निर्माण
काठमाडौं–भारतीय राजदूतावासले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ्योइफेल कुन्देलिङ गुम्बा (भवन) को पुनर्निर्माण गरेको छ । दूतावासको सहयोगमा पुननिर्मित भवनको उद्घाटन गुरु स्याल्पा तेन्जिङ् रिम्पोछे गरेका छन् ।
दूतावासले गुम्बा पुनर्निर्माणका साथै एक करोड ८९ लाख अनुदान सहयोगमा आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता थप संरचनाहरुको निर्माण समेत गरेको छ । वास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले सो परियोजनाको कार्यान्वयन गरेको दूतावासले जनाएको छ ।
लिसंखु गाउँवासीहरुको सक्रिय पहल तथा योगदानमा सन् १९४६ मा सो छ््योइफेल कुन्देलिङ गुम्बाको निर्माण भएको थियो । बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा गुम्बाको संलग्नता रहँदै आएको छ ।
उक्त गुम्बा एक महत्वपूर्ण सम्पदा मात्र नभएर त्यहाँ अवस्थित मानिसहरुको सामाजिक–साँस्कृतिक जीवनको अभिन्न पाटो पनि हो । उद्घाटन कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार विशेष अतिथि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ