बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीको कार्यशैलीप्रति प्रचण्डको असन्तुष्टि

शुक्रबार, ०६ वैशाख २०७६, १८ : ४१
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं–पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशलाई दिएको अधिकार र कर्मचारीको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । 

३ नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा गरेको नीजि क्षेत्र संगको अन्र्तक्रियामा नेकपाका अध्यक्ष दाहालले संविधान अनुसार प्रदेश सरकारलाई दिएको अधिकार र कर्मचारीको पुरानै कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका हुन् । 
अधिकारको प्रत्यायोजनमा पर्याप्त ध्यान नदिँदा प्रदेशका आर्थिक अधिकार कमजोर हुँदै जाने र राज्य संचालनको व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न हुन सक्ने भन्दै उनले यसबारे प्रतिपक्षी दलहरुसँग पनि गंम्भीर विमर्श गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

अध्यक्ष दाहालले कर्मचारीलाई आफ्नो राजनीतिक अभिष्ट अनुसार चलाउन नसकेकोमा पनि असन्तुष्टि जजनाए । कर्मचारीतन्त्रको शैलीमा परिर्वतन नआउनुमा कर्मचारीको नभई राजनीतिक नेतृत्वको कमजोरी भएको उनको भनाई थियो । 

कार्यक्रममा नीजी क्षेत्रका प्रतिनिधिहरुले प्रदेशस्तरमा नीजी क्षेत्रको सहभागीता सुनिश्चितताको साथै लगानीको वातावरण बनाउन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप