बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हावाहुरीको कारण फेलातालमा अलपत्र परेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्धार

शुक्रबार, ०६ वैशाख २०७६, १६ : ३७
शुक्रबार, ०६ वैशाख २०७६

कास्की जिल्लाको पोखरा महानगरापालिका–६ स्थित लेकसाईडस्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका बोटिङ्ग  गरिरहेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

तालमा बोटिङ्ग गरिरहेको बेला एक्कासी आएको हावाहुरीको कारणएक डुंगामा पानी पसेपछि तीन जना अलपत्र परेका परेका थिए ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

एक्कासी आएको हावाहुरीको कारण अलपत्र परेका सप्तरी जिल्लाको राजविराज वस्ने ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीयालाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले तत्कालै उद्वार गरी सो तालबाट बाहिर निकालेको थियो ।

                                                                                     
                                                                                      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप