शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको युभेन्टस छाड्ने तयारी

शुक्रबार, ०६ वैशाख २०७६, १६ : १७
शुक्रबार, ०६ वैशाख २०७६

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि टोलीमा सबैभन्दा निराश बन्ने खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन् ।

यही उपाधि जित्ने लक्ष्यका साथ स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका सुपर स्टार रोनाल्डोले अहिले सम्झौता अवधि नसकिँदै युभेन्टस छाड्ने तयारी गरेको समाचार बाहिरिएका छन् ।

रोनाल्डोले अर्को सिजनसम्म क्लब छाडिसक्ने इटालियन समाचारपत्र ला रिपब्लिकाले उल्लेख गरेको छ । निकै महत्वकांक्षी खेलाडी रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरिएपछि धेरै चिन्तित देखएका छन् । उनी युभेन्टसको वर्तमान टोलीसँग खेल्न त्यति इच्छुक नदेखिएको बुझिएको छ ।

रोनाल्डो रियलबाट युभेन्टस पुग्दा उनको स्वागत र सर्मथनमा उत्रिएका त्यहाँका हजारौं सर्मथकले ‘रोनाल्डो हामीलाई च्याम्पियन्स लिग ल्याईदेउ’ भन्दै नारा लगाएका थिए । रोनाल्डोलाई सर्मथकको नाराले समेत अहिले झस्काएको छ । यद्यपी रोनाल्डोको युभेन्टससँगको सम्झौता भने सन् २०२२ सम्म रहेको छ ।

इटालियन अर्को पत्रिका गजेट्टा डेल्लो स्पोर्ट्सले रोनाल्डोले युभेन्टससँग सन् २०१९÷२० का लागिमात्र सम्झौता गरेको दावी गरेको छ । ‘रोनाल्डोले च्याम्पियन्स लिग जित्ने सम्भावनालाई मध्यनजर गरेर मात्र सम्झौता गरेका हुन् । त्यो सम्भावना सकिएपछि रोनाल्डो थप समय युभेन्टसमा बस्दैनन्,’ गजेट्टाले भनेको छ । युभेन्टस डच क्लब आयाक्ससँग समग्रमा ३–२ गोलले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । रोनाल्डो रियलमा ह्याट्रि«क सहित चार पटक च्याम्पियन्स लिग जित्ने किर्तिमानी खेलाडी पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप