
सिटिजन्स बैंकद्वारा सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका छन् । सहयोगबाट उक्त क्षेत्रमा बसोवास गर्ने आम नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको जनाएको छ ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना काल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी दिएका थिए ।
समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको यस बस बिसौनीबाट उक्त क्षेत्रका स्थानियबासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ